swatantra-madhesh-gathabandhan
हुलाकी न्यूज, जनकपुरधाम २४ भदौ । डा.सीके राउतले गठन गरेको स्वतन्त्र मधेश गठबन्धनको धनुषामा तदर्थ कमिटी गठन गरिएको छ ।

हरेक जिल्लामा स्वतन्त्र मधेश गठबन्धन कमिटी गठन भइरहेको अवस्थामा धनुषामा पनि रामशंकर महासेठको संयोजकत्वमा जिल्ला तदर्थ कमिटी गठन गरिएको छ ।

बिहीबार स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सह–संयोजक कैलाश महतोको उपस्थितिमा ९ सदस्यीय जिल्ला तदर्थ कमिटी गठन गरिएको गठबन्धनका शिवेन्द्र रोहिताले जानकारी दिए ।

जिल्ला तदर्थ कमिटीमा राम प्रताप मंडल, राम पुकार साह, इन्द्रजित राज, उपेन्द्र प्र. रोहिता, राम मणि साह, लक्ष्मी नारायण मण्डल, सिबेन्द्र रोहिता र मनोज कुमार मोरवैता रहेका छन् ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.