
हुलाकी न्यूज, काठमाडौं २४ भदौ । एक मधेशी युवाका लागि रोजगारीको माग गर्दै सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएका छन् ।
अध्यक्ष महतोले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री प्रचण्डलाई एक लाख मधेशी युृवालाई रोजगारीको अवसर जुटाइ दिने एजेन्डालाई भारत भ्रमणको एजेन्डा बनाउन सुझाव दिए ।
हुलाकी न्यूजसँग कुरा गर्दै उनले भने, ‘मधेशको १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डालाई भ्रमणको एजेण्डा बनाई दिन मैले सुझाव दिएको हुँ ।’
उनले भारत सरकारको अति महत्वाकांक्षी योजना स्किल डेवलपमेंट प्रोग्रामसंग नेपाललाई खास गरि मधेशको युवालाई जोड्ने सुझाव दिएको महतोले जानकारी गराए ।
महतोले प्रधानमन्त्रीलाई शुक्रबार भेटी आसन्न भारत भ्रमणलाई राजनीतिक भेटघाटमा मात्र सीमित नराख्न सुझाव दिएका हुन् ।





