upendra-yadav
हुलाकी न्यूज, भैरहवा २३ भदौ ।
प्रचण्ड नेतृत्वको सरकारले केही दिनभित्रै संविधान संशोधन प्रक्रिया अगाडि नबढाइए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दिएका छन् ।

भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्तमान सरकारलाई मधेशको समस्या हल गर्नका लागि समर्थन दिएको बताउँदै समस्याको समाधान नभए समर्थन फिर्ता लिने बताए ।

अहिलेको सरकार जिम्मेवार बन्न नसके र संविधान संसोधनमा ढिला सुस्ती गरि अन्त्यमा नगर्ने मानसिकतामा गएको खण्डमा मधेशी मोर्चा र गठबन्धनले दिएको समर्थन फिर्ता लिने बताए ।

यादवले भारत भ्रमण अघि नै संविधान संशोधन गरि र मधेशलगायतका मुद्दालाई संबोधन गर्न प्रधानम्न्त्रीलाई दिदै भने ‘संविधान निर्माणलाई लिएर र आन्दोलनका कारण, संविधान र बिषयबस्तु लगायतका कारणले भारतसँगको सम्बन्धलाई पछिल्लो ओलीको सरकारले बिगार्ने काम मात्र गरेको छ ।’ यादवले अगाडि भने ‘अहिलेको सरकारले यी दुई देशको सम्बन्ध सपार्ने हो भने संविधान संसोधन गरेर र मधेशलगायतका मुद्दालाई संबोधन गरि मात्र भारत जानु पर्छ ।’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.