
हुलाकी न्यूज, बिराटनगर, २३ भदौ ।
नेपाल भरि चर्चित रहेको भाटभटेनी सुपरमार्केट गत वर्ष पुर्वाञ्चलको धरान शाखामा संचालन गरिएको थियो । अब चाडै नै बिराटनगरमा पनि खुल्ने क्रममा रहेको छ ।
भाटभटेनीका स्थापक मिन बहादुर तामाङले आज आफ्नो फेसबुकमा भवन शिलान्यासको तस्बिर पोस्ट गर्दै भाटभटेनी बिराटनगरमा खुल्न लागेको जानकारी गराएका छन् । सो सुपरमार्केट बिराटनगरको शिव मन्दिर छेउमा संचालनमा हुने तयारीमा रहेको छ ।



