rautahat birodh
हुलाकी न्यूज, रौतहट २२ भदौ । रौतहटमा नेकपा एमालेका नेता शंकर पोखरेलको पुतला दहन गरिएको छ भने एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको विरोधमा बजार बन्द गराइएको छ ।

एमाले नेता पोखरेलले मधेशीलाई अपमान गर्ने किसिमको सामाजिक सञ्जालमा ट्वीट गरेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले बुधबार नाराबाजी गर्दै पुतला जलाएका छन् ।

मधेशी मोर्चाका नेता कार्यकर्ताहरुले रौतहटको सदरमुकाम गौरस्थित मधेशी क्रान्ति चौकमा एमाले नेता पोखरेलको पुतला जलाएका छन् ।

यसैगरी, एमालेका वरिष्ठ नेता नेपाल क्षेत्र नम्बर १ अन्तर्गत गंगा पिपरामा जापान सरकारको सहयोगमा १ करोड २१ लाखको लागतमा निर्माण भएको सामुदायिक भवनको उदघाटन गर्न आएको विरोधमा बजार बन्द गराएको थियो ।

हजारौंको संख्यामा सुरक्षाकर्मी खटाइ एमाले नेता नेपाल सामुदायिक भवनको उद्घाटन गर्न पुगेका थिए ।

रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्ष निर्वाचित नेता नेपाललाई आफ्नै क्षेत्रका जनताले बहिष्कार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.