हुलाकी न्यूज, गौर १ आश्विन । ‘प्रेस स्वतन्त्रता कायम गर, पत्रकारमाथि दमन बन्द गर, मधेशी मार्न पाईदैन, हत्या हिंसा बन्द गर’ जस्ता नारा लगाएपछि रौतहटका ८ जना पत्रकार पक्राउ परेका छन् ।

मधेश–थरुहट आन्दोलनमा एकेबद्धता जनाउन रौतहटका पत्रकारहरुले निकालेको शान्तिपूर्ण जुलुसमा प्रहरीले हस्तक्षेप गरी ८ जना पत्रकारलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी हिरासतमा रहेका पत्रकार प्रविट टेव्रेबालले हुलाकी न्यूजलाई दिएको जानकारी अनुसार करिब दुई बजे पत्रकारहरुलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।

टेव्रेवालसहित किशोरी यादव, प्रभात झा, विश्वनाथ राम, राजकिशोर यादव, एवीसी टिभीका राकेश यादव, राजदेवी एफएमका राकेश यादव, मधेशी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम चन्द्र झा र धमेन्द्र साह पक्राउ परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.