shankar
हुलाकी न्यूज, काठमाडौं २२ भदौ । मधेशी जनता विरूद्ध नस्लभेदी ट्विट गर्ने एमाले नेता शंकर पोखरेल विरूद्ध काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको छ ।

मधेशी पत्रकार संघका अध्यक्ष पंकज दासले काठमाडौं महानगरीय प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीलाई पोखरेल विरूद्ध किटानी जाहेरी बुझाएका छन् ।

मधेशी जनताको भावनालाई ठेस पुर्याउने नीयतवश एमाले नेता पोखरेलले अपनानजनक र आपत्तिजनक ट्विट गरेर सामाजिक सदभाव बिगार्ने काम गरेकोले पोखरेल विरूद्ध कडा भन्दा कडा कारवाही अघि बढाउने कुरा उजुरीमा उल्लेख रहेको छ ।

प्रहरीले पोखरेल विरूद्ध तीन घण्टा सम्म उजुरी लिन नमानेको गुनासो उजुरीकर्ताले गरेका छन् । प्रहरी उपरीक्षक कार्कीले यस मुद्दालाई अगाडि नबढाउन दबाब समेत दिएका थिए ।

एसपी कार्कीले शंकर पोखरेल विरूद्ध उजुरी दिए पछि धेरै मधेशी जनतालाई अप्ठ्यारो हुन सक्ने धमकी पनि दिएका थिए ।

उनले पोखरेल विरूद्ध उजुरी दिंदा उनको विरूद्ध गाली गर्ने सबै मधेशीलाई पनि थुन्न सक्ने अवस्था आउने कुरा बताए पनि उजुरीकर्ताले नमाने पछि कार्कीले पोखरेल विरूद्धको उजुरी आफै लिएर प्रक्रिया आफै अगाडि बढाउने आश्वासन दिएको कुरा संघका अध्यक्ष दासले बताए ।

2 COMMENTS

  1. धेरै राम्रो.. दोषीलाई कानुन को कटघेरा मा ल्याउनै पर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.