murderer
हुलाकी न्यूज, विराटनगर २२ भदौ । होस्टेल संचालक विनोद यादवको हत्यामा संलग्न रहेको आरोपमा तीन जनालाई प्रहरीले प्रकाउ गरी सार्वजनिक गरेको छ ।

हत्या आरोपमा प्रहरीले सिरहाका २२ वर्षीय राकेशकुमार यादव र १७ वर्षीय कृष्णकुमार यादव तथा सप्तरी महुवाका १८ बर्षीय जीतेन्द्रकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

मंगलबार विहान विराटनगर १३ तीन टोलियास्थित ओमकार श्रेष्ठको घरमा बिनोद यादवको हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । प्रहरीले उनीहरुको साथवाट यादवको हत्या गर्ने क्रममा प्रयोग गरिएको एक थान खुँडा, एउटा कटुवा पेस्तोल र विभिन्न व्राण्डका मोवाइल सेटसमेत वरामत गरेको छ ।

हत्या सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ । हत्याको कारणबारे अहिलेसम्म खुल्न नसकेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.