
हुलाकी न्यूज, काठमाडौं २२ भदौ । तराई–मधेश लोकतान्त्रिक पार्टीले बुधबार एक प्रेस विज्ञप्ति जारी देशमा एकता तथा सदभाव विथोल्ने गम्भीर षड्यन्त्र भएको जनाको छ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले हालै समाजिक सञ्जालमार्फत मधेशीलाई होच्याउने खालको अभिव्यक्ति दिएकोप्रति इंकित गर्दै तमलोपाले नेपाली–नेपाली बिचको एकता बोथोल्ने गम्भीर षड्यन्त्र भएको जनाएको छ ।
प्रवक्ता विमल प्रसाद श्रीवास्तवद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ,‘मधेशी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम आदि समुदाय अधिकारका निमित संघर्ष गरिरहेका छन् । यस न्यायोचित संघर्षलाई जातीय घृणाद्धयोष र रंगभेदसँग जोड्ने कुप्रयास नेपाली नेपालीबीच सदभाव र एकता विथोल्ने गम्भीर षड्यन्त्रको संकेत गर्दछ । तराई मधेश लोकतान्त्रिक पार्टी यस प्रकारको मानसिकता र गतिविधिको घोर विरोध गर्दछ ।’
तमलोपाद्धारा जारी विज्ञप्तिमा रोचक कुरा के छ भने सद्भाव विथोल्न खोज्ने कुनै पार्टी वा नेताको नाम उल्लेख गरिएको छैन । न त कुनै घटना क्रम तोकिएको छ ।



