janakpur-Pradarsan
हुलाकी न्यूज, जनकपुरधाम २२ भदौ ।
नेकपा एमालेका नेता शंकर पोखरेलले मधेशीलाई होच्याउने खालको अभिव्यक्ति दिएको भन्दै जनकपुरधामका स्थानीयवासी तथा युवाहरुले प्रदर्शन गरेका छन् ।

साथै तिनीहरुले एमालेको दुई नम्बर प्रदेशका इनचार्ज सत्यनारायण मण्डललाई कालो झण्डा देखाएका छन् ।

जनकपुरमा सक्रिय विभिन्न युवा संगठनका प्रतिनिधि तथा सर्वसाधारणहरुले एमालेको विरोध गरेका छन् ।

मंगलबार एमाले नेता शंकर पोखरेलले समाजिक सञ्जाल ट्वीटरमा मधेशीहरुको कालो वर्णमाथि प्रश्न उठाउँदै होच्याउने प्रयास गरेका थिए ।

पोखरेलका विरुद्ध मधेशका विभिन्न जिल्लामा पुतला दहनसमेत गरिएको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.