
जनकपुरधाम वडा नम्बर ६ की अजमेरी खातुन आर्थिक अवस्था दैनिय रहेको मुस्लिम परिवारमा जन्मेकी हुन् । कुनै बेला काठमाडौंमा जागिरको नाउमा ठगिएकी अजमेरी आज काठमाडौंमा आईटी सम्बन्धी काम गर्ने उत्तसुक्ताका साथ आफ्नै अफिस चलाउँदै छिन् ।
पाँच जना बहिनी मात्र रहेको २१ वर्षीया अजमेरी घरकी जेठी छोरी हुन् । उनी जन्मेलगतै अर्को बहिनी जन्मेकोले उनी राम्रोसँग आमाको दुध पनि खान पाइन र दुई वर्षकै उमेरमा मामा घरमा गएर बस्नु परेको थियो ।
मेडिकल पढ्ने इच्छा भएपनि घरको आर्थिक अवस्था कमजोर रहेकाले बीएससीआईटी अध्ययन गरिरहेकी अजमेरी काठमाडौंको नयाँ बानेश्वरमा अल इन आईटी सोलुशन खोलेर अनलाईन जबदेखि बेव लेभलपिङ्गका काम गर्दैछिन् ।
बाल्यकालदेखि नै पीडाको भारी
अजमेरीका बुबा अनमर राईन धेरै वर्षदेखि साउदीमा बैदेशिक रोजगारमा छन् । उनका बुबा त्यहाँ ड्राईभिङ्ग गर्छन् । आमा नुरजाहा खातुन जनकपुरमा गृहणी भएर बस छिन् । अजमेरी र उनको बहिनीलाई आमाले एक्लै पाल्ने सक्ने अवस्था नभएपछि उनलाई मामाघर कैलालीको धनगढी दुई वर्षकै उमेरमा पठाइयो । उनी त्यही एसएलसीसम्म अध्ययन गरिन् ।
घरमा उनका काकाहरुले आमालाई कुटपिट गर्ने आगो लगाई दिने गरे पछि अजमेरी आफ्नो आमाको सुरक्षाका लागि जनकपुर नै फर्किन् ।
उनी भन्छिन्,‘अझै मलाई आज पनि याद छ, त्यो अन्ध्यारो रात जब मेरा काका काकीले हजरबा–आमा सुत्नुभाको कोठा बाहिरबाट चुकुल लाएर हामी मात्र सुत्ने कोठामा मटितेल छर्केर आगो लगाउँन थाल्नु भाको थियो तर फुफुले अगावै चाल पाउँनु भो । कराउँन थाल्नु भयो यसो नगर के गर्न लोको भन्दै । अनी बाहिर अरुले सुनेर सबै उठे र हामी बाच्यौ । पुलिस बोलाउँनै दिएनन् । पञ्चायत बस्यो आधा रात । तर केही सिप लागेन । झुर पञ्चायत सिस्टम मिलेर बस भन्न बाहेक केहस् गर्न सकेन । यस्ता घटनाहरु त कति छन् कति ।’
चाबेलमा कल सेन्टरमा ६ हजारमा पाए । तीन हजार तीरेर ट्रेनिङ गरे तर ९ घण्टाको जब र ६ हजार मात्र पैसा गाह्रो भयो । गरिन् । ३ हजार पैसा नि गयो ।’
आमाको रक्षा गर्न जनकपुर पढ्न आए रड र रिङसहित
एलएलसी सकेपछि अजमेरी आमाको रक्षाका लागि जनकपुर पढ्न आईन् । किनभने उनका काकाहरुले उनको आमालाई दैनिक कुटपिट गर्दै आएका थिए ।
उनी भन्छिन्, ‘म अलिक बदमास नै थिए । अब चाहि निहु खोजेरै भएपनि आमालाई रुवाको बदला लिन्छु भनेर रड, नङमा लगाउने रिङ आदि बोकेर जनकपुर गए । अब हेर्छु कसले के गर्दा रहेछ हामीलाई भन्दै । कुरेर बसे निहु खोज्न । झगडा नहुने त कुरै थिएन । भयो । ट्वाइलेट फोर पार्यो भन्दै झगडा सुरु भो । निहु खोजिहाले मैले पनि । रिसले गएर ट्वाइलेटको दुलोमा एक बाल्टि ढुङ्गै ढुङगा ल्यएर हाल्दिए । अनी मलाई आएर कराउनु भो सबैले । अनी भने मेरी आमालाई यतिका दिनदेखि झगडा गर्दा पिट्दा बिचमा बचाउँ गर्न कहिले आउनु भएन आज चाहि काहाबाट आवाज निस्कियो नि । म रोकिन र काका काकीसँग त त म म गर्दै भनाभन गरिरहे । अनी एक छिन पछि सब चुप भए र आ–आफ्नो बाटो लागे ।’
बिहेको कुरा आउँदा केटाकै बेइजत गर्दिन्छु
जनकपुरमा प्लस टु सकेपछि अजमेरीको विवाहको कुरा सू भयो । उनी भन्छिन्, ‘जुन कुराको डर थियो त्यही भयो । मामा घरमा सबै पढेलेखेका भने यता सबै पढेलेखेका थिएनन् । अब केटा हेर्न सुरु भो । तर एउटा खुसी लाग्छ आमालाई ममाथि पुरै भरोसा थियो र छ पनि । आमाकै भरोसाले होला सायद आज म यहाँसम्म पुगे पनि । मैले बाबालाई भने मलाई अहिले बिहे गर्नु छैन् । आफुलाई सेक्यूर गर्न बचाउँ गर्नको लागि केटाकै अगाडि सबको बेइजत गर्दिन्छु र केटाको पनि बेइजत गर्छु भने । त्यसपछि बिहेको कुरो त्यही टुङग्यो ।’
आमा तर्सिनुभो । केही नराम्रो काम त गर्दै छैनस् नि । हजुरबालाई बताए । उहाँले पत्याउनु नै भएन् । भन्नुभो कतै दलालीको काम त थालिनस् ?’
डाक्टरी पढ्ने रहर तर आईटीमा आए
डाक्टर बन्ने रहर सानैदेखि रहेकी अजमेरी घरको आर्थिक अवस्थाको कारण आईटीमा आईन् । उनी भन्छिन्, ‘काठमाण्डौ गएर डाक्टर पढ्ने रहर । घरभन्दा बाहिर कतै जान नदिने । अब गर्ने के । घरमा बाबालाई आमालाई सक्दो कोसिस गरे काठमाण्डौको लागि । मुस्लिम परिवारमा यति पढाउँनु नै ठूलो कुरा थियो । सबले भन्न थाले १२ सम्म त पढिस् अब कति पढ्नु पर्यो र तलाई । जति पढेनी चुल्हा चौकी नै गर्नु पर्ने हुन्छ । आमा त मान्नु भयो । तर बाबाले पढ्ने भय यही पढ् अन्त्य जानु पर्दैन् भन्नु भयो ।’
उनी थप्छिन्, ‘मेडिकलको लागि नेममा प्रिप्रेसन क्लास गर्न भने । मेडिकल तिरै मन र दिमाग दौडिरहन्थ्यो २४औ घण्टा । त्यपछि आमालाई मनाई काठमाण्डौसम्म त आए । होस्टलमा बसी भाइब्रेन्टमा नेमको लागि इन्ट्रान्स प्रिपेयर गरे । आमालेजसो तसो जम्मा गरेको पैसा खर्च गरेर पढाउँनुभो । स्कलरसिपमा त निक्लेन नाम तर डोनेसनमा निक्लयो । यताको ४ महिनाको पढाइ सकेर जनकपुर गए र बाबासँग कुरा गरे एमबीबीएसको लागि । बाबाले भन्नु भयो मसँग त्यति पैसा छैन् तलाई डाक्टर पढाउँन् । फरी सोचे ल एमबिबिएस नगरे नि डेन्टिस्ट पढ्छु । घरमा फेरि कुरा राखे । उता मामा घरमा हजुरबालाई भने । हजुरबाले बीरगंज बुझ्नु भो के कति लाग्छ भनेर । १६ लाख लाग्दो रहेछ । हजुरबाले ल म आधा पैसा हाल्दिन्छु आधा बाबालाई हाल्न भन । तर बाबा फिटिकै मान्नु भएन् ।’
अजमेरीको कुनै जोर नचलेपछि उनी आईटीमा प्रवेश गरिन् ।
डराउँदै आईटी पढेँ
उनले आईटी पढ्ने सोच बनाएपछि खोजतलास सुरु गरे इन्टरनेट र फोनबाट । फोन गरेर बुझ्दा चार लाख लाग्ने भएपछि उनी पढ्न र उनलाई पढाउन तयार भयो परिवार ।
उनी भन्छिन्,‘इनट्रान्स दिन आमासँग काठमाण्डौमा आए र नाम निकाले । एडमिसन गराए । अनी एक जना चिनेको निसा दिदी हुनुहुन्थ्यो उहासँग रुम सेयर गरेर बसे । दिदीले पनि कम्प्यिूटर इनजिनियरिङ गर्दै हुनुहुन्थ्योे । दिदीबाट पनि थुपै्र हेल्प पाए । आमाले उताबाट महिनाको १० हजार खर्च पठाउनु हुन्थ्यो । तर काठमाण्डौको बसाईमा १० हजारले धान्न गाह्रो हुन थाल्यो । गर्ने के त ? अज्कल्टोमा परे घरमा समस्या सुनाउँ भने पढाई रोकिएला भन्ने डर । बल्लतल्ल काठमाण्डौमा पढ्न पाएको थिए । अनी जब गर्नु पर्यो जस्तो लाग्यो । पेपरमा खोज्न थाले । चाबेलमा कल सेन्टरमा ६ हजारमा पाए । तीन हजार तीरेर ट्रेनिङ गरे तर ९ घण्टाको जब र ६ हजार मात्र पैसा गाह्रो भयो । गरिन् । ३ हजार पैसा नि गयो ।’
उनी थप्छिन्, ‘त्यसपछि होस्टलमा बस्न थाले । रेश्मा भन्ने साथीले एक जना बहिनीले महिनाको १८ हजार अनलाईनबाट कमाउछिन् भनेर सुनाए । उनी मार्फत प्रिया बहिनीलाई भेटे । मैले सोधे वेबसाट बनाउँन आउँछ । उसले अ ! आउँछ भनिन् । तर म कन्फ्यूज भए कसरी बनाउँछे जब कि उसले त्यो विषय पढेकै छैन् । र कोडिङहरु गाह्रो हुन्छ । अनी मैले म पनि गर्छु मलाई तिम्रो अफिस लग म कुरा गर्छु । त्यहाँ गएर हेर्दा त अनलाई ब्लगको काम पो रहेछ । त्या दिने १८ हजार पनि होइन् रहेछ । त्या पनि टेनिङ गर्न ३ हाजर दिनु पर्ने । उफ ! सुनेरै थाकिसकेको थिए । पैसा छैन् आफुसँग । होस् । मैले त्यो बहिनीलाई भने तिमी त्या सिखेको कुरा बरु मलाई सिकाउँ । हुन्छ भनिन् ।’
आईटीबाटै पहिलो पटक कमाए
अनलाईनबाटै कामहरु सर्च गर्न लागेकी अजमेरीले काम पाएछ । उनी भन्छिन्,‘अनलाईन जबहरु ट्राई गरे । प्रोजेक्ट लिनु पर्ने खालका काम थिए अनलाइन मार्फत । खुब रिसर्च गरे । सकेछु । भएछ । तर होस्टलको नेटको स्पिडले काम गर्न नसकिने भयो । कसैसँग हेल्प लिउँ भने कोही थिएन र घरमा आफ्नो कुरा बुझ्ने छैनन् । आफ्नै पकेटको पैसा जम्मा गरे अनी होस्टेलको म्यामलाई भने मेरो काम आईटिको र यहाँको स्पिडले अली नभ्याउने भो । बरु मै पैसा तिर्छु अर्को नेट कनेक्सन गर्छु आफ्नो लागी । हुन्छ भन्नु भो । र मैले कनेक्ट गरे । दिन रात एक गरी मिहिनेत गरे । रिसर्च गरे । कोड, युनिकोड बारम्बार कोसिस गरे । अफ्ट्यारो थियो । तर जसरिनि पैसा कमाउँनै थियो ।’
उनी भन्छिन्,‘घरमा लोडसेडिङ्गले गर्दा साह्रै गह्रो थियो आमालाई । फोनमा आमालाई चाडै कमाएर इन्भटर किनेर दिन्छु भनेको थिए । तर आमा हास्नुभो र ल ल भन्नुभो । ठटा गरे झै गर्नुभो । हुन पनि हो काठमाण्डौ गए कि छोरीलाई हामी यताबाट पढ्न भनेर महिनाको १० हजार पठाउँछौ । र उँताबाट ऊ भन्छे महङगो इन्भटर किनेर पठाउँछु कसैले नपत्याउने नै थियो । तर यता भने मैले आफ्नै मिहिनेत गरि आईटीबाटै अनलाईन सर्च गरी पैसा कमाउने जुक्ति निकाले । मेरो कोसिस र मिहिनत सफल पनि भयो । आखिर पैसा कमाए पनि । पहिलो पैसा आए पछि खुसीको त सिमा नै थिएन् । कसैको अन्डर काम नगरी आफैले पैसा कमाए । अनी आमा र मामालाई पनि भने । मामा खुसी हुनुभो । आमा तर्सिनुभो । केही नराम्रो काम त गर्दै छैनस् नि । हजुरबालाई बताए । उहाँले पत्याउनु नै भएन् । भन्नुभो कतै दलालीको काम त थालिनस् ?’
त्यसपछि कमाईको पहिलो पैसाले उनी घरको लागि इन्भटर किनेर पठाए ।
बानेश्वरमा अफिस खोलेकी छु, आउनु होला
साथीहरुको सहयोगबाट बानेश्वर चोक मै अजमेरीले अफिस खोलेकी छन् । नाम अल इन आईटी सोलुसन प्रालिछ । जहाँ अनलाईन बेब पोर्टल बनाउनेदेखि सफ्टवेर तथा ग्राफिक्स डिजाईनिङ्गका काम पनि हुन्छ ।
उनी भन्छिन्,‘मलाई थुप्रै साथीहरुले सहयोग गरेको छ । जनकपुरका साथी राजा सिंहलगायत अन्य धेरै साथी अहिले अफिसमा सहयोग गर्दैहुनु हुन्छ । अफिस बारे आमा र मामालाई पहिले नै जानकारी दिएको थिए तर हावा मै उडाएर हासेर हुन्छ भन्नु भाको थियो । बाबालाई सम्झाउँन मुस्किल थियो । तर जब अफिसबाट पैसा आयो अत्यन्त खुसी भए । र, खुसीले बाबालाई फोन लगाए । फोनमा दुई मिनेटभन्दा बेसी कहिले गफ गरेको थिइन् । कहिले आटै आएन बाबासँग केही कुरा प्रस्ट गर्न । तर खुसी र प्रगति प्राप्तिले बाबालाई फोन गरी सबै आफ्नो मिहिनेतको काहानी सुनाए । १७ मिनेट जति बाबासँग कुरा गरे ।’
आफ्नो काम हेर्न आउनु भनेर निम्तो दिइएकी अजमेरी भन्छिन्,‘हामी कसैभन्दा कम छैनौं । हामी गरेर देखाउने छौं । तपाईहरु आउनु होला ।’
हुलाकी न्यूजका लागि बीपी साह र अर्कना खातुनले गरेको कुराकानीमा आधारित । अजमेरीको अफिसमा सम्पर्कका लागि 9823811373 / 9861677841




Nice job good luck sister
Motivational…heart touching…..keep i
Keep it up
Its the very good new for the madeshis for their encouragements.
It will be memorized as the sample example for the successful stories.
Good Job.
Keep it UP…