dr jainudin ansari & basrudin ansari

अर्कना खातुन,  वीरगंज २२ भदौ ।
यो पहिलो पटक होइन् जहाँ मठ, मन्दिर वा मस्जिदमा कुनै गैर धर्मवलम्बिले सहयोग गरेका होस् । हिन्दूले मस्जिद बनाउँनमा सहयोग गरेका छन् भने मुस्लिमले मठ तथा मन्दिर बनाउँनमा मद्दत गरेको छ ।

त्यस्तै वीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका अध्यक्ष डा. जैनुद्दिन अन्सारी र प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीले पर्सामा महादेव मन्दिरको निर्माण र बारामा नेपाल भारत संयुक्त मैत्री गौशालाको निर्माणमा सहयोग गरेर धर्म बिच भाईचाराको राम्रो उदाहरण दिएका छन् ।

देशमा राजनीतिले गर्दा विभिन्न मतभेदहरु उतपन्न भैरहेको बेला यी दुई दाजुभाइले ४८ लाख रूपैयाँ खर्च गरेर पर्साको प्रसौनीमा रामेश्वर महादेव मन्दिर निर्माण गरे । जसले गर्दा पर्सा जिल्लामा धार्मिक एकता र आपसी भाई चाराको सन्देशलाई विश्व व्यापी बनाउदै आफुलाई चिन्हाउन सफल भएका छन् ।

त्यसलगतै अन्सारी दाजु भाईले बारामा निर्माणाधिन नेपाल भारत संयुक्त मैत्री गौशाला निर्माणमा सहयोग गरि अर्को उदाहरण प्रस्तुत गरेपछि अहिले अन्सारी दाजु भाईको सर्वत्र चर्चा भई रहेको छ । हिन्दुको मन्दिर र गौशाला निर्माण गरेर एकताको राम्रो उदाहरण बनेका अन्सारी दाजुभाई धार्मिक सहिष्णुताका अन्तर्राष्ट्रिय हिरो बन्न पुगेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.