
हुलाकी न्यूज, विराटनगर २१ भदौ । विराटनगरमा एक होस्टेल सञ्चालकको विभत्स रुपमा हत्या गरी बोरामा शव फेला परेको छ ।
विराटनगर–१३ स्थित तिनटोलियामा अक्सफोर्ड होस्टल सञ्चालन गरिरहेका २१ वर्षीय विजय यादवको विभत्स हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो धारिलो हतियार प्रयोग गरी हत्याराले हत्या गरेको छ । शरीरबाट टाउको र दुबै खुट्टा काटेर अलग पारी हत्या गरिएको छ ।
प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको जनाएको छ ।



