sita_Devi_Yadav

हुलाकी न्यूज, काठमाडौं २१ भदौ । शान्ति तथा पूनर्निर्माणमन्त्री सीतादेवी यादवले संविधान संशोधनबिना मुलुकमा शान्ति नआउने दाबी गरेकी छन् ।

उनले संविधान संशोधनका लागि दुई तिहाइ आवश्यक रहेकोले प्रमुख प्रतिपक्षि नेकपा एमालेले पनि सहयोग गर्नुपर्ने धारणा राखेकी छन् ।

रिपोर्टर्स क्लबमा मंगलबार आयोजित एक कार्यक्रममा मन्त्री यादवले संविधान संशोधन नभएसम्म संविधान कार्यान्वयन हुन नसक्ने ठोकुवा गरिन् ।

उनले मधेशी मोर्चाले संविधानका ८३ वटा बुँदामा संशोधन गर्नुपर्ने भनेपनि तत्काल तीन चारवटा बुँदामा संशोधन गरेर भएपनि अघि बढ्नुपर्ने बताइन् ।

उनले भनिन् ‘संविधान संशोधन विना मुलुकमा शान्ति आउन सक्दैन् ।’ उनका अनुसार उक्त बुँदाहरुमा प्रदेशको सिमांकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समानुपातिक–समावेशी र नागरिकताको विवाद टुँगो लगाउने रहेका छन् ।

उनले मधेशमा दुई प्रदेश हुनुपर्नेमा आफूले पहिलादेखि नै अडान लिँदै आएको बताउँदै भनिन्,‘झापादेखि कञ्चनपुरसम्म मधेशमा दुई प्रदेश हुनैपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.