Mahendra Yadav
हुलाकी न्यूज, काठमाडौं २१ भदौ । तराई मधेश सद्भावना पार्टी नेपालका अध्यक्ष महेन्द्र यादवले संविधान संशोधन प्रक्रिया अघि नबढ्नुको कारण नेपाली कांग्रेस नै रहेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा मधेशी मोर्चाका नेतासमेत रहेका यादवले कांग्रेसले कहिले कुन बहानामा त त कहिले कुन बहानामा संशोधन प्रक्रिया टार्दै आएको आरोप लगाए ।

उनले भने, ‘काँग्रेस कहिले नेविसंघको महाधिवेशनमा त, कहिले सभापति बाहिर जाँदा मुल विषयमा प्रवेश गर्न पाईएको छैन् ।’

उनले संविधानका ८३ वटा बुँदामा आफूहरुको असन्तुष्टि रहेको भन्दै तत्काल संशोधन गर्नुपर्ने माग गरे । उनले एमाले पनि संविधान संशोधनको पक्षधर पार्टी भएको बताउँदै भने,‘ठूलो पार्टी हुने सपना देख्ने एमालेले संशोधनमा सहयोग गर्छ, संशोधन प्रक्रियामा आउँछ, अहिले काँग्रेसको ढिलासुस्तीका कारणले संशोधन प्रक्रिया अघि बढ्न सकेको छैन, मुल विषयमा काँग्रेस प्रवेश गरिरहेकै छैन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.