mahabub_alam
हुलाकी न्यूज, राजविराज, २१ भदौ ।
अन्तर्राष्ट्रिय क्रिकेट खेलका अनुभवी खेलाडीहरु मधेश प्रिमियर लिग(एमपीएल)मा जुड्दैछन् ।

विभिन्न अन्तर्राष्ट्रि क्रिकेट म्याचको अनुभव संगालेका महबुब आलम, दिपेन्द्र चौधरी र पवन दासहरु एमपीएलमा जुडेको आयोजकले जनाएका छन् ।

एमपीएल बोर्डमा आलम, चौधरी र दासलगायतलाई समेट्ने प्रयास भइरहेको एमपीएल आयोजक संस्था मधेशी इन्जिनियरिङ्ग स्टुडेन्ट युनियनका संयोजक ई.संजिव यादवले हुलाकी न्यूजलाई बताए ।

उनीहरुसँग खेलका नियमहरुका बारे विभिन्न चरणमा छलफल पनि भइरहेको यादवले बताए

एमपीएलको मुख्य सहयोगी विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैरआवासीय मधेशी संघ रहेको छ भने अफिसियल ब्रोडकाष्टर हुलाकी न्यूज डटकम रहेको छ ।

MPL-2 Logo

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.