हुलाकी न्यूज, न्यूर्योक २१ भदौ । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ नेपाली तराईन इन अमेरिका(एन्टा)को चौथो महाधिवेशन तोकिएकै मिति र स्थानमा हुने भएको छ ।
महाधिवेशन तथा नयाँ पदाधिकारीका लागि हुने भनिएको चुनावका विषयमा एन्टामा विवाद देखिएको थियो । प्रवक्ता अन्नपूर्ण देवले एक नोटिस जारी गरि महाधिवेशन स्थागित भएको बताएकी थिइन ।
तर एन्टाका अध्यक्ष डा.जेपी साहसहितका पदाधिकारीहरुले सेप्टेम्बर चारका दिन प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशन तोकिएकै समयमा र स्थानमा हुने जनाएका छन् ।
महाधिवेशन आयोजक समितिको अध्यक्षता पनि गरिरहेका डा.साहले १० सेप्टेम्बरको कोलम्बसमा हुने जनाएका छन् । महाधिवेशन सफल पार्न उनले सबैसँग आग्रहसमेत गरेका छन् ।




