आलम खान, नेपालगंज२७ पुस । नेपालगंज बजार अहिले बन्द अवस्थामा भएपनि चोरीको घटना रोकिएको छैन । केही महिलाअघिसम्म अपराध नाम कमाएको नेपालगंज क्षेत्रमा पुनः चोरीका घटना दोहरिदै गएको छ । र प्रहरी पनि मौन देखिएका छन् ।
करिब ३ महिनादेखि तराईका अधिकांश बजार र राजमार्ग बन्द हुदाँ यस अविधिमा थोरै मात्र बन्द भयो । पसल ब्यवसाय निर्वाध संचालन भईरहेको छ । राजमार्गमा सवारी साधान चलेकै छन् । पेशागत संगठनको आह्वानमा बाहेक विद्यालय र कलेज पनि खुलेकै छन ।
मधेशी मोर्चा र थारुहटका कार्यकर्ताहरु बन्द गर्न आउँदा प्रहरीको सक्रियताले कुनै अप्रिय घटना हुन पाएन् ।
दुई वर्ष निकै अशान्त थियो नेपालगंज । अपहरण, फिरौती र हत्या यहाँको नियति जस्तै थियो । पछिल्लो समय पसल ब्यवसायको सटर फोडेर लुटपाटको घटना पनि ब्यहो¥यो नेपालगंज बजारले । अहिले दिनदहाडै घर फोडेर चोरीका घटना हुन थालेको छ यहाँ । सुरक्षा निकायको उपस्थिति हेर्ने हो भने वडा प्रहरी कार्यालय नजिकै छ यहाँ ।
यतिका घटना भईरहदा प्रहरी के मौन बसेको हो त ? स्थानीय प्रहरीको भुमिका प्रति ढुक्न हुन सकेनन् । नेपाली सेनामा कार्यरत जाबिर खाँको घरमा समेत चोरी भएको प्रहरीमा जाहेर हुदाँ पनि प्रहरीले कुनै कदम उठाएको छैन् ।
सुरक्षा व्यवस्था कडा पारेको बताउदै आएको जिल्ला प्रहरी कार्यालय बाँके चोरीमा संलग्न रहेकाहरुलाई पक्राउ गर्नु त टाडाको कुरा हो चोरीमा संलग्नहरुको पहिचान समेत गर्न नसकेको देख्दा सर्वसाधारण प्रहरी प्रति नै सक्का बढेको बताउछन् ।
यता वडा प्रहरी कार्यालय नेपालगंजका प्रहरी निरिक्षक दिपेन्द्र पाल सुरक्षा व्यवस्थामा कुनै कमी राखेको बताउदै चोरीमा संलग्न रहेकाहरुलाई छिटै पहिचान गरी कानुनी कारवाही गर्न बताए ।




