जनकपुरधाम । सशस्त्र प्रहरी बलले सादा पोशाकमा घुमुवा परिचालन नगर्ने नीति बनाएको छ । तर बाहिनी, गण, गुल्मदेखि बीओपीका इन्चार्जहरूले सादा पोशाकमा घुमुवा राखेर तस्करीको लाइन चलाइरहेका छन् । सशस्त्रको आठ नम्बर गण धनुषाका एसपी दिनेश मल्लले असई जमिरीलाल राउतलाई घुमुवा राखेका छन् ।

राउत सिपाहीदेखि नै धनुषामा कार्यरत छन् । उनलाई धनुषाका प्रत्येक नाकाबाट कुन कुन व्यापारीले भन्सार छली गरी के के सामान भित्र्याउँछन्, नेपालबाट कस कसले भारतमा कुन कुन सामान पठाउँछन् सबै थाहा भएकाले एसपी मल्लले उनलाई घुमुवा राखेका छन् ।

 

धनुषाका नाकाहरूबाट तस्करीको लाइन सञ्चालन गर्नेहरू सुरेश साह, उमेश साह, अहसान छोटे, समतुल्लाह लगायतसँग सेटिङका लागि असई राउत र हवलदार श्यामसुन्दर प्रसाद यादवलाई राखिएको थियो । यादवको बारेमा सशस्त्र मुख्यालयमा गुनासो पुगेपछि उनलाई दरबन्दी रहेको जिल्ला पर्वतमा रमाना दिन एसपी मल्ल बाध्य भएका थिए । तर राउत भने अहिले पनि एसपी मल्लको तस्करहरूसँग सेटिङ मिलाउने कार्यमा तल्लीन छन् ।

राउतको दरबन्दी धनुषा होइन, उनको दरबन्दी १४ नम्बर गण हेटौँडा हो । तर उनी वर्षौँदेखि काजमा धनुषामा एसपी मल्लको घुमुवाका रूपमा कार्यरत रहेका छन् । बिहारमा निषेध भएकाले नेपालबाट भारततर्फ व्यापक रूपमा मदिराको तस्करी हुने गरेको छ ।

मदिरा भारततर्फ तस्करी गर्नेहरूसँग पनि असई राउतले सेटिङ मिलाउने गरेका छन् । नेपालबाट गोरु भारततर्फ लाने अलौदिन, अयूबबाट समेत राउतले नै एसपीको नाममा भाग लिने गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.