शम्भु पण्डित ,जनकपुरधाम । विद्यालयको कोठाभरि कम्प्युटर छन् । सिकाउने शिक्षक छैनन् । कुर्सीहरू असरल्ल छन् । सबै धुलाम्य छन् ।
यस्तो दुरावस्था सबैला नगरपालिका ७ मट्टही स्थित श्री राष्ट्रिय अधारभुत विद्यालयको हो । शिक्षक अभावमा कम्प्युटरको प्रयोगात्मक सिकाई हुन सकेको छैन ।
पढाई नभएपछि ढोकामा दुईटा ताल्चा लगाएर कम्प्युटरहरू राखिएका छन् । कक्षा ३,४,५, ६,७का विद्यार्थीले कम्प्युटर विषय पढ्नुपर्छ । पाठ्यपुस्तक नै भएपनि विद्यालयमा कम्प्युटर विषय पढाउने शिक्षक छैनन् । कम्प्युटर चलाउनै नसिकेका शिक्षकहरूले पाठ्यक्रमको विषय भने जेनतेन पढाउने गरेका छन् । तर, ल्याबमा ल्याएर विद्यार्थीलाई कम्प्युटर सिकाउन भने नसकिरहेको प्रधानाध्यापक नारायण साहले बताए ।
‘विद्यार्थीले कम्प्युटर विषय पढ्नुपर्छ । तर, विद्यालयमा उक्त विषयमा शिक्षक छैनन्’ उनले भने,‘एकएक वटा कक्षामा हामी भए कै शिक्षकहरूले मिलेर पाठ्यपुस्तक चाहीँ पढाउने गरेका छौं । तर, कम्प्युटर खोलेर सिकाउन सकिरहेका छैनौं ।’ प्र अ नारायण साहले थपे शिक्षक न भएपछि हामीहरुले मिलेर कहिलेकाही सिकाउने गरिएको बताए ।
विद्यालयमा ६ वटा कम्प्युटर र एउटा लेप्टप एकथान पिरिंट मसिन छन् । कम्प्युटर पढ्नका लागि कुर्सी र टेबल पनि पर्याप्त छन् । विद्युत र इन्टरनेटको सुविधा समेत छ । तर, शिक्षक नहुँदा विद्यार्थीले कम्प्युटरको प्रयोगात्मक सिकाई सिक्न नपाएको शिक्षकहरुले बताए ।
नेपाल सरकारको अन्तर्गत विद्यालयले उक्त कम्प्युटर प्राप्त गरेको हो । सबैला नगरपालिका ७ मा ९ वटा सामुदायिक विद्यालय छन् । बिधालयहरुमा नियमित कक्षा नहुँदा विद्यार्थीले कम्प्युटर पढ्छन् भन्ने मात्र छ, कसैले पनि राम्ररी सिक्न पाएका छैनन् ।