बारा : जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले लामो समयदेखि मधेसी जनतालाई भ्रमित पार्दै आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काम गरिरहेका छन्। उनले विगतका निर्वाचनमा कहिले संविधान त कहिले मधेशी जनतालाई अधिकार दिलाउने नाममा चुनाव जित्दै आएका थिए ।
तर, मंसिर ४ मा सप्तरी क्षेत्र नम्बर २ वाट चुनावमा हार व्यहोरेका उनि यसपटक पनि आफ्नै कारण चुनाव हार्ने अवस्थामा पुगेका छन् । जसपा अध्यक्ष यादवले आफू सांसद् र मन्त्री हुँदा आफ्ना कार्यकर्ता पाल्नेबाहेक काम गरेनन् । तर, उनले प्रचार भने विकास गरेको भन्दै जनतालाई भ्रमित पार्ने काम गरे ।
विकास भन्दा पनि कमिसमा बढी ध्यान केन्द्रीत गरेको एक नेताले बताए । उनले २०७४ सालमा आफु निर्वाचित भएका क्षेत्रका लागि इन्जिनियरिङ कलेज स्थापना गर्ने भने पनि त्यसका लागि उनले सामान्य पहलसमेत गरेनन् ।
यद्पि आफूले संसद् विकास कोषबाट इन्जिनियरिङ कलेज स्थापनाका लागि रकम उपलब्ध गराएको भन्दै भ्रम फैलाउँदैएको थियो ।
उनले मधेसी जनतालाई कति भ्रमित पार्ने काम गरेका छन् भन्ने कुरा पनि यहीबाट पुष्टि हुन्छ । उनले मोरङ्ग , सुन्सरी र सप्तरीको जनातालाई झुटो आश्वासन बाडेर जनतालाई झुक्याउने काम गरेका छन् ।
उपेन्द्र यादवले बर्षौ सम्म मन्त्री रहेपनि वारा क्षेत्र नम्बर –२ का लागि केही गर्न सकेनन । कमिसन मुखी मसिहा नेताको रुपमा परिचित उनले सोझा मधेशी जनतालाई आफनो स्वार्थका लागि प्रयोग गरिरहे ।
सप्तरीबासीलाई पनि ठगे
सप्तरीबासीलाई ठगेर चुनाव जित्ने असम्भव प्रयास गरे पनि मंसिर ४ को चुनावमा उनी सफल भने भएनन । सप्तरीका जनतालाई उपेन्द्र ठगेको महसुस भएपछि उनलाई त्यहावाट लखेटिएको हो ।
सप्तरीमा उनको क्षेत्रमा पर्ने नेपालको पुरानो नगरपालिका राजविराजलाई खडरमा परिनत गरेर जनतालाई ठगेको आरोप सप्तरीका स्थानियहरुले लगाएका छन ।
उनले सप्तरीमा कुनै गौरवकोे योजना तथा विकासिय परियोजनाको कामलाई अगाडि बढाउन सकेको छैन , । उनले सप्तरीको सोझो जनतालाई मधेशको नाममा ठगिरहे ।
भ्रष्टलाई सांसद र मन्त्री उपहार
उनले मंसिर ४ को चूवान पछि समानुपातिक संसादहरु बनाए त्यस मध्ये धेरै सांसदहरु भ्रष्टार गर्न माहिर नै रहेको पछिल्लो तथ्यांकले देखाएको छ ।
सप्तरीबाट प्रदेश सदस्य बनाएका मनिष सुमन पछिल्लो पटक सांसद हुदा कमिसन उठाउन संजालनै बनाएका थिए । उनको दर्जनौ फाईलहरु अहिलेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुलतबि राखिएको छ ।
उनले उपभोक्तासंग ४० प्रतिशत सम्म कमिसन उठाएका छन । अहिले पनि उनको हर्कत उस्तै छ ।यस्तै सप्तरीेकै मधेशी महिलावाट किरण साहलाई प्रदेश सभा सदस्य बनाईयो ।
उनलाई सांसद भन्दा पहिला प्रदेश सरकारले निमुखा तथा असहाय जनताका लागि निशुल्क रुपमा कानूनी सेवा प्रदान गर्न राखिएको थियो । तर,उनले प्रत्येक पिडित संग ५ देखी १० हजार रुपैया लिदै आएको सप्तरीका एक पिडितले बताए । यो कुरा सबै कानूनी सेवा दिने व्यत्तिहरुलाई पनि थाहा छ । यस्तै प्रदेशका मन्त्रीहरुले बेटी पठाउ बेटी बचाउ अभिन, स्वास्थ्य सामग्री खरिद लगायतमा व्यपाक भ्रष्टाचार गरेको कसै संग लुकेको छैनन ।
उनले मन्त्री बनाएका शैलेन्द्र प्रसाद साह , नवलकिसोर साह , विजय कुमार यादव लगायतले व्यापक हिनामिना गरको आरोप समेत लागेको छ ।