जनकपुरधाम : जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इन्चार्ज तोकेको छ ।

जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इन्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।

पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिरहाको इन्चार्ज तोकिएको अध्यक्ष डा.सीके राउतले जानकारी दिनुभयो ।उहाँका अनुसार पर्सामा माधवप्रसाद सिंह इन्चार्ज, ओमप्रकाश सर्राफ संयोजक र मुकेश द्विवेदी सहसंयोजक तोकिनुभएको छ ।

यसैगरी रौतहटमा वृजकिशोर यादव, सर्लाहीमा श्रीचनराय यादव, महोत्तरीमा सौरभ साह, धनुषामा सुरेन्द्र मण्डल र सिरहामा विनोद यादव इन्चार्ज तोकिनुभएको सो पार्टीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.