लहान ः मधेश प्रदेशको सिरहा जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई ठूलो क्षति भएको छ।

लोसपा सिरहाका शक्तिशाली नेता रोहित महतोसहित जिल्लादेखि नगरसम्मका नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन ।

सोमबार सिरहाको पुरानो चोहर्वामा आयोजित पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेता महतोलाई पार्टीमा स्वागत गरेका हुन्।

लोसपा केन्द्रीय सदस्य महतोसहित सिरहा ३ का क्षेत्रीय अध्यक्ष मनरुप यादव, लहान नगरपालिकाका नगर अध्यक्ष मोहम्मद आलम, मञ्चलाल महतोसहित लोसपाका सयौं नेता तथा कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका छन्।

यसैगरी जसपाका जिल्ला सदस्य शिवनाथ साह, गोलबजार नगरपालिकाका नगर उपाध्यक्ष राजाबाबु साह, प्रेस मञ्चका केन्द्रीय सदस्य आनन्द कुमार सिंहसहित जसपाका दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरे।

यसैगरी, नेपाली कांग्रेस, राप्रपा एवं प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार द्वय जोगेश्वर यादव र शिवकुमार यादवले जनमत पार्टी प्रवेश गरेका हुन् । यसैगरी, मधेश मुल निवासी बहुजन समाज मधेश प्रदेशका संयोजक धर्मबीर पासवान, सुखीपुर व्यापार संघका पूर्व अध्यक्ष अवधेश अनललगायत ३सय जनाले जनमत पार्टी प्रवेश गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.