जनकपुरधाम,१४ माघ।धनुषाको नगराइन नगरपालिकाको विभिन्न ठाउँहरुमा आज विहानैदेखि जनमत पार्टीले सरसफाइ कार्यक्रम गरिएको छ।
शनिबार जनमत पार्टी नगराइन नगरपालिकाका नगर अध्यक्ष घनश्याम मण्डलको अध्यक्षतामा राखिएको सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
जनमत पार्टीको नेताकार्यकर्ताहरुले नगराइन नगरपालिकाको कार्यलयको वरिपरि ,नगराइन बजार र राजेश्वर निधि माध्यमिक विद्यालयलगाइतको ठाउँहरुमा सरसफाइ गरिएको छ।
सरसफाइ कार्यक्रममा सहभागी रहेका जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले सरसफाइ खासमा नगरपालिकालाई गर्नु पर्ने हो।तर यहाँका नगरपालिकाका जनप्रतिनिधिहरुले सुतेको हुनाले हामिले गर्नु परेको बताए।
उनले भन्नुभयो , ‘आज चेतावनी पुर्वक हामीले सरसफाइ कार्यक्रम गरेको छु,यदि अब नगरपालिकाले समय समयमा सरसफाइ नगरेपछि अर्को पटक पुरै पालिकाको फोहोर नगरपालिका अगाडिनै थुपार्ने चेतावनी समेत दिएको छ।’
सरसफाइ कार्यक्रममा सहभागी सबै नेताकार्यकर्ताहरुलाई ई.साहले धन्यवाद समेत दिएको छ।



