जनकपुरधाम,१६ पौष : डा.सीके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशको संसदीय दलको नेतामा मा. महेश प्रसाद यादव चयन भएका छन ।

उनी सप्तरी निर्वाचन क्षेत्र नं.२(ख)बाट निर्वाचित प्रदेश सभा सदस्य रहेका हुन।

यस्तै प्रमुख सचेतकमा मा. चन्दनकुमार सिंह लाई चयन गरिएको छ भने सचिवमा मा. शम्भु साह र कोषाध्यक्षमा मा. भाग्यश्रीकुमारी चौधरी लाई चयन गरिएको सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए ।

जनमत पार्टीको मधेस प्रदेशमा ६ जना प्रत्यक्ष र सातजना समानुपातिक गरी १३ जना सांसद छन् ।

मधेश प्रदेशमा जनमत पार्टी निर्णायक शक्तिको रूपमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.