राजविराज,३ मङ्सिर । सप्तरी २ मा जनता समाजवादी पार्टी निकट पत्रकारहरुले भोट खरिदका लागि समूदाय सम्म पैसा पुर्याउने काम गरिरहेको केहि स्थानियहरुले आरोप लगाएका छन् ।
उच्च स्रोतले दिएको जानकारी अनुसार कान्तिपुरका सप्तरी समाचारदाता,सप्तरीबाट संचालित मधेशलाईभका समाचारदाता र एपी न्युज तथा नयाँ पत्रिकाका सप्तरी समाचारदाता र एभी न्यूजका समाचारदताहरुले समूदाय सम्म पैसा पुर्याउने काम गरिरहेका छन् ।
उनिहरुले आज विहान मतदातालाई प्रभावित पार्न तिलाठी कोईलाडी गाउँपालिकामा पैसा लिएर गएको स्थानियहरुले बताए ।
सुरक्षा कर्मी तथा अनुगमन कर्ताहरुलाई चुनौति दिदै उनिहरुले सप्तरी २ का पालिका तथा वडाहरुमा पैसा पुर्याउने काम गरिरहेका स्थानिय हरुले आरोप लगाएका छन । उनिहरुले उपेन्द्रको ब्राण्ड प्रयोग गरेर मधेश सरकारवाट अधिक रुपमा लाभ लिएको सप्तरीमा हल्ला फैलिएको छ ।



