जनकपुरधाम ,३० कार्तिक : जनमत पार्टीका केन्द्रीय सदस्य एवं धनुषा निर्वाचन क्षेत्र नं .३ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार ई .शम्भुनाथ साहले जनताको मूलभूत समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

धनुषा निर्वाचन क्षेत्र नं .३ मा अन्तर्गत रहेका गाउँगाउँमा घरदैलो गर्दै प्रतिनिधि सभाको उम्मेदवार ई .साहले जनताको समस्या व्यापक रहेको र त्यसलाई आफूले समाधान गर्ने बताउनुभयो ।

“धनुषा निर्वाचन क्षेत्र नं .३ का गाउँगाउँमा पुगे, जनताको समस्या हेर्दा अत्यन्त दुःख लाग्छ”, साहले भन्नुभयो, “यहाँका समस्या हेर्दा केही समाधान भएको लागेन, शिक्षा, स्वास्थ्य, युवाहरु वेरोजगार , किसान सबैमा समस्या छ, त्यो समस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहेको छ ।”

उम्मेदवार ई .साहले भन्नुभयो, “यहाँ त बाहिरबाट आउछ नेता ,चुनाव लड़छ जितेर फेरी काठमाडौं
जान्छ ,त्यो भन्दा केहि गर्दैन्।अनि चुनावको बेलामा अनेको किसिमको प्रलोभनमा पार्ने कृयाकलापहरु सुरु गरिसकेको छ ,त्यो नेताको प्रलोभनमा नपरेर स्वतफूर्त रुपमा भिजन भएको उम्मेदवारलाई छानेर मतदान गर्न आग्रह गर्नुभएको हो।”

मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धनुषा ३ का जनतासंग आग्रह गर्दै उम्मेदवार साहले बाहिरबाट आएका उम्मेदवारलाई होइन् ,आफ्नै क्षेत्रका उम्मेदवार जनमत पार्टीबाट मात्रै रहेकोले हर्न छापमा मतदान गरि भिजन बोकेर आएको ईन्जिनियर डाक्टरको टिमलाई विजय गराउनसमेत आग्रह गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.