राजविराज ,२७ कार्तिक : मंसिर ४ नजिकिँदै गर्दा सप्तरीमा पार्टी प्रवेशको लहर राम्रैसँग चलेको छ।सोही क्रममा आइतबार हनुमान नगर कंकालिनी नगरपालिकाका सयौं जना नेकपा एमालेसहित विभिन्न पार्टीका नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।

पछिल्लो समय जनमत पार्टीको सक्रियता र कार्यकौशलले आफूहरुलाई आकर्षित गरेपछि पार्टीमै बसेर काम गर्ने योजनाका साथ प्रवेश गरिएको नेकपा एमालेका नेता मनोज कुमार महतोले बताए ।

हनुमाननगर कंकालिनी नगरपालिकाकाको योगिनियामा भएको चुनावी भेटघाट कार्यक्रममा जनमत पार्टीको तर्फबाट सप्तरी क्षेत्र नं .१ का प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा .जयकान्त राउतले उनीहरुलाई अबिरको टिका लगाएर जनमतमा प्रवेश गराएका हुन्।

उक्त कार्यक्रममार्फत नेकपा एमाले र जसपालगाइत विभिन्न पार्टीका नेताकार्यकर्ताहरु पार्टीमा भित्रिएको पार्टीका युवा नेता मुकेश मैरताले जानकारी दिएको हो ।अहिले यासैक्षेत्रमा दिनहु सयौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु प्रवेश गर्दै आइरहेकोले जनमत पार्टी हाम्रो पक्कर बनिरहेको युवा नेता मैरताले बताए ।

पार्टीप्रतिको आकर्षण बढ्दै गएको देख्दा भोलिका दिनमा जनमत पनि मधेशको मुख्य पार्टी बन्ने उनको भनाइ छ।यसपटकको निर्वाचनमा जनमतबाट प्रतिनिधि सभाका लागि सप्तरी क्षेत्र नं.१ बाट वैज्ञानिक डा .जयकान्त राउत उम्मेदवार रहेको छ , भने प्रदेश सभाको (क) मा शिवनन्दन कुशवाहा र (ख) मा शकिल अलि उम्मेदवार बनेको छ ।

उनीहरु जनताको घरघर पुगेर जनताको समस्या बुझ्दै मत मागिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.