राजविराज ,१६ कार्तिक । जनमत पार्टीले “यूनिवर्सल हेल्थ केयर”को अवधारणालाई लागू गर्ने सप्तरी क्षेत्र नं २ का लागि प्रतिनिधि सभाको उम्मेदवार डा सीके राउतले बताउनुभएको छ ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्षसमेत रहनुभएका उम्मेदवार डा .राउतले सबै तहमा सबल स्वास्थ्य प्रणालीको विकास र विस्तार गर्दै जनस्तरमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गरिने बताउनुभएको हो ।

उम्मेदवार डा राउतले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रलाई क्रमशः पूर्णतः राष्ट्रियकरण गर्दै “यूनिवर्सल हेल्थ केयर”को अवधारणालाई लागू गर्ने नीति हुनेछ। सुत्केरी, बच्चा, अपाङ्ग, अशक्त र वृद्धहरूको खानपान र हेरचाहको लागि राष्ट्रिय नीति ल्याई लागू गरिनेछ।’

खानेपानी र सरसफाई सेवाको पर्याप्‍त, सुरक्षित र सर्वसुलभ उपलब्ध गराइने उम्मेदवार डा.राउतले भन्नुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.