हुलाकी न्यूज, रुपन्देही । सरकार द्वारा किसानका माग सुनुवाई नभए पछि जनमत पार्टी रुपन्देहीले किसान आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिएको छ ।

आज सोमवार जिल्ला प्रशासन कार्यालय पुगी जनमत पार्टी रुपन्देहीका का.वा. जिल्ला इन्चार्ज सञ्जय कुमार मिश्रले प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे समक्ष किसान अन्दोलनका माग राखी ज्ञापन पत्र बुझाएका छन ।

सयौं बाइक सहित दलबलको साथ भैरहवा को हनुमान मन्दिर देखी र्‍याली गर्दै सिडिओ कार्यालय बाहिर किसानका माग राख्दै नेता – कायकर्ताहरुले नाराबाजी समेत गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयको सभाहलमा पार्टीका नेता – कार्यकर्ताहरू संग परिचय कार्यक्रम गरेपछि प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझेका थिए ।

प्रजिअ पाण्डेले किसानका जायज माग बारे यथाशिघ्र नेपाल सरकार बाट सम्बोधन गराउन का लागी आफूले सक्दो पहल गर्ने वचनबद्धता दिए ।

ज्ञापन पत्र बुझाउने क्रममा जनमत पार्टिका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले किसानका पीडा पोखेका थिए । किसानका समस्या समयमा समाधान नभएमा स्थिती नियन्त्रण गर्न प्रशासनलाई गाह्रो हुनसक्ने बारे समेत प्रशासन लाई सचेत गराएका थिए ।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्यहरु रामकेश गुप्ता, निर्मला हरिजन तथा केन्द्रीय नेतागण बिनोद कुमार पासवान, चन्द्रशेखर सोनार, रामदेव यादव लगायत गैडहवा गापा, लुम्बिनी सांस्कृतिक नपा, मर्चवारी गापा का निर्वाचित जनप्रतिनिधिहरु एवं जिल्ला नेताहरूको समेत उपस्थिति थियो ।

यस अघि जनमत पार्टी रुपन्देहीले २०७८ माघ १२ गते, लुम्बिनी प्रदेश को मुख्यमन्त्री तथा मन्त्रीपरिषद को कार्यालय लाई ज्ञापन पत्र बुझाएको थियो ।

त्यस्तै, जनमत पार्टीले २०७८ माघ १९ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालय लाई किसानका माग सम्बोधन का लागी ज्ञापन पत्र बुझाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.