हुलाकी न्यूज
जनकपुरधाम ,११ असार । धनुषाको कमला नगरपालिकाका मेयर विशेश्वर यादवले उपमेयर शिला देवी मण्डलको अधिकार खोसेपछी उपमेयरसहित २५ जना जनप्रतिनिधिहरु नगरसभाको विपक्षमा खाडा भएको छ।

मेयर यादवले आफ्ना निकट सल्लाहकारका कारण पदरभार ग्रहण गरेको एक महिना नबित्दै विवादमा तानिएका छन् । उनले नगरपालिकामा एकलौटीवाद लाद्न खोजेपछि विवाद चुलिएको छ ।

मेयर यादवका सल्लाहकारहरुले उनलाई दिने गरेको गलत सल्लाहको कारण उनी चौतर्फी घेरिएका छन् । आफ्नो नीजि स्वार्थ सिद्ध गर्नको लागि उनका सल्लाहकारहरुले पनि नैतिकता बिर्सेर राजनीति थालेपछि मेयरलाई भारी पारिदिएको छ ।

शुक्रबार (जेठ १०) गते कमला नगरपालिकाको नगरसभा गर्दा २६ जना जनप्रतिनीधि उनको विपक्षमा उभिएका छन् । नगरपालिकाकी उपमेयर नै मेयरको विपक्षमा खडा भएकी छन् ।

यसका साथै, कमला नगरपालिका वडा नम्बर ५, ७ र ९ का वडाध्यक्षसहित कुल २५ जना जनप्रतिनीधि कार्यपालिका सदस्यहरुले उपमेयरलाई समर्थन गरेपछि मेयर यादवलाई धौ धौ भएको छ ।

गलत सल्लाहकारको फन्दामा परेका मेयर यादवले आफैँ गलत र सही छुटयाउन सक्ने अवस्था देखिदैनन् । शुक्रबार ल्याएको बजेटमा सिलिँग नै नगरी नीति कार्यक्रम कथित रुपमा सार्वजनिक गरेको उपमेयर शिला देवी मण्डलको आरोप छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुन शिर्षकमा के कति बजेट छुटयाइएको छ भनेर प्रष्ट हुनुपर्नेमा सो प्रष्ट नै नगरी नीति कार्यक्रम ल्याएपछि उपमेयर मण्डलसहित २५ जनप्रतिनीधिले विरोध जनाएको छ ।

“मलाई अनुगमन गर्न जानुपर्छ मेयरलाई होईन, अनुगमनको लागि ९ वटै वडासम्म जानुपर्ने हुन्छ र यो पिक समय हो । हाकिम र मेयरले गाडी चढने र हाम्रो अधिकार त्यतिकै छाड्ने ? हामीहरुको सेवा सुविधा मात्र नभएर शिर्षकगत बजेट नदिए हामी सहभागी हुँदैनौँ ।”– उपमेयर मण्डलले भनिन् ।

कर्मचारीहरुले आफ्नो सेवा सुविधा सुनिश्चित गर्नको लागि नगरसभा पास गराएको आरोप लगाउँदै उपमेयर मण्डलले अहिले आफ्नो अधिकारको लागि मात्र बोलेको बताएकी छन् ।

जानकारी अनुसार, मेयर यादवका दुई सल्लाहकार छन्, उनी दुवै जनाले आफ्नो स्वार्थ सिद्ध गर्न मात्र मेयर यूज (प्रयोग) गरिरहेका छन् । जसको कारणले विवाद चुलिएको छ ।

मेयर पदको सपथ ग्रहण गरेको एक महिना नबित्दै नगरपालिकाका नागरिकहरु नयाँ मेयरबाट असन्तुष्ट भएका छन् । चुनावको बेला मेयर यादवले भोलापन देखाएपनि अहिले घमण्डले चुर भएको स्थानीयहरु बताउँछन् ।

उनका सल्लाहकार एवम् पिए समेत रहेका गौत्तम (त्रिभुवन) यादव र उनका आफ्नै भाई चन्देश्वर यादवको कारण मेयरको अस्तित्व समेत धरापमा पारेको बताइन्छ । पदीय गर्मी र आफैँलाई सर्व श्रेष्ठ ठानेर मेयरको नामले नगरवासीमा सदभाव बिगार्दै गरेको बताइएको छ ।

एउटा नगरपालिकाको नगर प्रमुख भएर आफैँ निर्णय गर्न नसक्ने भएको भन्दै कमला नगरपालिकामा पुच्छरले गोरुलाई हल्लाएको हल्ला पनि उत्तिकै चलेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.