काठमाडौँ ,२५ चैत्र : सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ ।

उच्च आयात घटाएर विदेशी विनिमय सञ्चिति बढाउन विलासी बस्तु आयातमा रोक लगाउने लगाएतका विषयमा राष्ट्र बैंकले अर्थमन्त्रालयलाई दिएको सुझाव अर्थमन्त्रालयमा पुग्नु अघि नै सञ्चार माध्यममा चुहाएको, पदीय मर्यादाविपरीत काम गरेकोलगायत आरोप लगाउँदै सरकारले गर्भनर अधिकारीलाई निलम्बन गरेको स्रोतले बताएको छ ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा समेत गभर्नर अधिकारीका विषयमाप्रश्न उठेको र उनीबारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक समुह नै बनाइएको समेत खुलेको छ ।

शुक्रबार राष्ट्र बैंकले आयोजना गरेको आर्थिक तथा वित्त सम्मेलनमा समेत अर्थमन्त्री जनार्दन शर्माले गभर्नर अधिकारीको खुलेर विरोध गरेका थिए । गभर्नरप्रति अर्थमन्त्रीले तीब्र असन्तुष्टी जनाएका थिए ।

कार्यबाहक गर्भनरको जिम्मा डेपुटी गभर्नर निलम ढुंगानालाई दिने गरी गर्भनर अधिकारीलाई सरकारले निलम्बन गरेको स्रोतको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.