हुलाकी न्यूज, जनकपुरधाम । धनुषामा एमसीसी विरोधमा पूर्व–पश्चिम राजमार्ग बन्द गराउँदै हिडेका नेत्रविक्रम चन्द विप्लब समूहका २१ जना कार्यकर्तालाई पक्राउ परेका छन् ।

मिथिला नगरपालिका वडा नं.१० लालगढस्थित
पूर्व–पश्चिम राजमार्गमा एमसीसीको विरोधमा नारा जुलूस लगाउँदै यातायात बन्द गराउँदै हिडेका विप्लवका केन्द्रीय सदस्य देवनारायण साहसहित २१ जना कार्यकर्तालाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा ६ जना महिला र १५ जना पुरुष रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जानकारी दिएको छ।

एमसीसीको विरोधमा ६ दल र दुई मोर्चाले बुधबार नेपाल बन्दको आह्वान गरेका थिए । धनुषामा बन्दको सामान्य प्रभाव परेको छ । पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस कम मात्रामा चलेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.