हुलाकी न्युज,जनकपुरधाम । गृह मन्त्रालयले सार्वजनिक स्थलमा भद्दा मजाक‘प्र्याङ्क’ नगर्न निर्देशन दिएको छ । सार्वजनिक स्थलमा मजाक, ख्यालठट्टा वा मस्करीको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक रूपमा सास्ती दिने, हैरानी पार्ने काम नगर्न मन्त्रालयले निर्देशन दिएको हो ।सर्वसाधारणमाथि मजाक गरेर गोप्य भिडियो बनाइ सार्वजनिक गर्ने गरेको गुनासो बढेको भन्दै मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । कुनै पनि व्यक्तिको सहमति बिना त्यस्ता क्रियाकलाप गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.