हुलाकी न्युज, युएई । माघ ५ गते रौतहटको एक कार्यक्रममा जसपा नेतृ एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले आतंककारी शैलीमा जनमत पार्टीका अध्यक्ष तथा पार्टीका कार्यकर्ताको हत्या गराउन सक्ने भन्दै दिएको अभिव्यक्ति प्रति गैर आवाशीय मधेशी संघले विज्ञप्ति जारी गरि घोर निन्दा गरेको छ ।

विज्ञप्तिमा- २०६३ चैत्र ७ गते गौरमा तत्कालिन मधेसी जनाधिकार फोरमको नेतृत्वमा गराईएको नृशंश हत्याकाण्ड जस्तो जघन्य अपराधको मन्त्रि यादवद्वारा सार्वजनिक रुपमा स्वीकारोक्ति गरिएको र त्यस्तो घटनाको पुनरावृत्ति समेत हुनसक्ने भन्दै दिएको अभिव्यक्तिका लागी उनले राजिनामा दिनुपर्ने माग गरिएको छ । ।

गैर आवाशीय मधेशी संघका अध्यक्ष ई. शम्भुनाथ साहका अनुसार मधेशमा जनमत पार्टीको लोकप्रियताबाट त्रसित भई जसपा का नेता-नेत्रीहरु अनापसनाप भाषण बाजी गरिरहेको उनले बताए।

तल बिज्ञप्ति समावेश गरिएको –

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.