हुलाकी न्यूज, जनकपुर । कोरोना महामारीका बीच माघे संक्रान्तिको अवसरमा शनिबार स्वास्थ्य मापदण्डको पालना गरी जनकपुरधामको मिल्स एरिया स्थित फोटो घर उद्घाटन सम्पन्न गरिएको छ ।

नयाँ सोच र नयाँ परिवर्तन उद्देश्यका साथ विवाहमा बेहतरीन फोटोग्राफी , वीडियोग्राफी अनि ड्रोन शूटिंग, प्रचार भिडियो, जन्मदिन दिवस सेलिब्रेशन फोटोग्राफी, भिडियो तथा इभेन्ट प्लानरका लागि फोटो घरको उद्घाटन गरिएको फोटो घरका सञ्चालक निरज नेपालले बताए ।

यस उद्घाटन कार्यक्रममा प्रमुख अतिथिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ , विशिष्ट अतिथिमा जनकपुर जेसीजका पूर्व-अध्यक्ष सुदिप कोइराला , वार्ड नं ५ का अध्यक्ष मनोज कुमार साह, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह,जनकपुरधाम उद्योग वाणिज्य संघका निर्वर्तमान उपाध्यक्ष सुरेन्द्र भण्डारी , जनकपुर सुनचाँदी व्यवसाय संघका सचिव बलराम शाह,जनकपुरधाम उद्योग वाणिज्य संघका एसोसिदर राजीव कुमार साह,पूर्व-अध्छ्य श्री गणेश युवा कम्युनिटीका सन्तोष कुमार साह, युवा अभियन्ता वार्ड नं २ का सदस्य अमित कुमार साह ,युवा अभियन्ता राकेश विक्रम शाह , चलचित्र र सञ्चार प्रवक्त बोर्ड का सदस्य प्रदेश न २ का पुष्पा यादव , नितेश जस्वाल लगायतका युवाहरु, व्यापारी, स्थानीयबासी, सञ्चारकर्मी तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.