हुलाकी न्यूज,रुपन्देही । किसानहरुका जायज मागलाई लिएर जनमत पार्टीको नेतृत्वमा काठमाडौँ र मधेशका विभिन्न जिल्लाहरुमा आन्दोलनका कार्यक्रमहरु निरन्तर चलिरहेको छ।
पछिल्ला दुई सातामा किसान आन्दोलनका क्रममा राजमार्गमा चक्का जाम गर्ने, सदरमुकाममा मोटरसाइकल र्याली निकाल्ने, स्थानिय निकायहरुमा ज्ञापनपत्र बुझाउने, संघिय मन्त्रीहरुका कार्यक्रममा बिरोध जनाउने लगायत चरणबद्ध रुपमा आन्दोलन हुदैँ आइरहेको छ।
यहि क्रममा आउने शुक्रवार पुष ३० गते देशैभरिका किसानहरुलाई एकजुट भई जिल्ला सदरमुकाममा किसान महा र्यालीमा सामेल हुन जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी के राउत ले आह्वान गरेका छन।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष ई. बसन्त कुमार कुशवाहाका अनुसार – हाम्रो देशमा अन्न उब्जाउने अन्नदाता किसानहरुको माग र मुद्दाहरुका बारेमा सोच्ने फुर्सद बिगतमा कुनै दलमा नदेखिएकोले जनमत पार्टीले किसानको साथ आन्दोलन को नेतृत्व गर्नुपरेको र सरकारद्वारा माग सम्बोधन नभएसम्म चरणबद्ध आन्दोलन जारि रहने उनले बताए।
किसान आन्दोलनका ११ बुंदे मागहरु:-
१. उच्चस्तरीय समिति गठन, २. #किसानकार्डको व्यवस्था, ३. किसानको #पेन्सन, ४. बालीनालीको स्वत: #वीमा, ५. कृषि मीटरको #बिजुली #निशुल्क, ६. #मलखाद र बीउबिजनको व्यवस्था, ७. बालीक्षतिपूर्ती वापत् #राहत, ८. फसलको उचित समर्थन #मूल्य निर्धारण, ९. उखु किसानको #भुक्तानी, १०. झुट्टा मुद्दा फिर्ता, किसानमाथिको #दमन बन्द, ११. आन्दोलनकारी #रिहा