किसानको मुद्दालाई लिएर आन्दोलनरत जनमत पार्टीले पुर्ब-पश्चिम राजमार्ग अनिश्चित कालका लागि बन्द को घोसणा गरेको छ।
बुधवार जनमत पार्टीका अध्यक्ष डा. सी के राउतको सचिवालयद्वारा जारि प्रेस विज्ञप्तीमा किसानको माग सम्बोधन नभएसम्म अनिश्चितकालका लागि पुर्ब-पश्चिम राजमार्ग बन्दको आह्वान गरिएको छ ।
जनमत पार्टीको नेतृत्वमा विभिन्न जायज माग लिएर करिव एक हप्ता देखि किसानको पक्षमा आन्दोलन भईराखेको तर सरकारले हालसम्म पुर्ण बेवास्ता गरेकोले उक्त निर्णय गरेको हो।

किसानको माग अनुसार मन्त्रीस्तरीय/ उच्च स्तरीय वार्ता टोली गठन नगरेको, किसान आन्दोलनको ज्ञापन पत्र लिन समेत सरकारको कार्यालयले अस्वीकार गरेको,उल्टा आन्दोलनकारी माथि ब्यापक बल प्रयोग गरेको, दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीको अङ्गभङ्ग हुने गरी कुटपिट गरेको, किसान माथि ज्यादती गरेको तथा झुठा मुद्दा लगाएको र किसान आन्दोलनको ७ बुँदे माग मध्ये कुनै पनि पुरा नगरेको जनमत पार्टीले थप आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको हो।

आन्दोलन कार्यक्रम अन्तर्गत २०७८ पुष १५ गते बिहीबार देखि तराई मधेशका जिल्लाहरुमा पूर्व पश्चिम राजमार्गमा दिवा-कालको लागी अनिश्चितकालीन बन्द गर्ने र २०७८ पुष १५ गते बिहीबार देखि नै तराई मधेशका जिल्लाहरुमा संघीय मन्त्रीहरु उपस्थित रहने कार्यक्रममा बिरोध प्रदर्शन गर्ने जनमत पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ।
किसान आन्दोलनलाई भव्य रुपमा सफल बनाउनका लागी सम्पूर्ण जनतामा आह्वान समेत विज्ञप्ति मार्फत गरेका छन् ।
किसान आन्दोलनको मागहरु पूरा नगरेसम्म जनमत पार्टीले आन्दोलन जारी राख्ने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.