हुलाकी न्यूज, जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापति लगायत सबै पदाधिकारीमा शेरबहादुर देउवा पक्ष विजयी भएका छन् ।

विमलेन्द्र निधि-शेखर कोइराला प्यानललाई पराजित गर्दै सभापति लगायत ८ वटै पदाधिकारीमा देउवा पक्षले जित हात पारेको हो ।

६७ पदका लागि भएको मतदानमा हालसम्म सकिएको पदाधिकारीको मतगणना परिणाम अनुसार शुक्रबार बिहानै निधि-कोइरालाका सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले पराजित गर्दै देउवा पक्षका कृष्ण यादव विजयी भएका थिए ।

राति १० बजे सम्पन्न पदाधिकारीको मतगणना परिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् ।

त्यसै गरी महामन्त्रीमा उपेन्द्र कुमार यादब र बृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् ।

सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी हुन् ।

सभापती सहित कुल आठ पदाधिकारीमा देउवा समुहआठको आठवटै पद कब्जा गरेको छ । उपसभापती, महामन्त्री, सहमहामन्त्री खुल्ला र महिला तर्फ गरि विभिन्न पदका उम्मेदवारहरुले तपसील बमोजिमको मत ल्याएका छन् ।

उपसभापति
चन्द्रशेखर यादब– ८९५ र्निवाचित
धनलाल ठोकर–६३६
बिनोद कुमार खनाल–७४०
बिरेन्द्र प्र सिंह – १०१९ र्निवाचित
राधा प्र यादब– १२४

महामन्त्री
उपेन्द्र कुमार यादब– ९५९ र्निवाचित
नरेश यादब– ७७५
बिनोद चौधरि– १९५
बृहस्पति कृष्ण श्रेष्ठ – ७८८ र्निवाचित
हरेश प्र महतो–७०३

सह महामन्त्री
अरबिन्द अमात्य –२५७
जय नारायण प्र यादब–८७९ र्निवाचित
नारायण चौधरि–६०१
प्रशुराम चौधरि– ८२२ र्निवाचित
बिनोद कुमार यादब–६९१
रामनारायण महासेठ–९७

सह महामन्त्री महिला
बिन्दु कुमारी यादब– ८८९ र्निवाचित
भिमादेबि शर्मा – ५३२
रिता यादब– १५६
रेखादेबि महरान–७६


नरेश यादवको आपत्ति र उजुरी

महामन्त्रीमा १३ मतान्तरले पराजित भएको भनिएका नरेश यादव भने मतपरिणाम प्रती आपत्ति जनाउदै जुरुरी दिएका छन् ।

उनलाई पहिला विजयी भनेर घोषणा गरिएको तर पछि उनको स्थानमा बृहस्पति कृष्ण श्रेष्ठ निर्वाचित भएको घोषणा गरिएको भन्दै उनले निर्वाचन समितिमा उजुरी दिएका छन् ।

अन्तिम मतपरिणाम अनुसार विजयी भनिएका श्रेष्ठको मत ७८८ छ भने यादवको मत ७७५ रहेको छ । सुरुमा नरेशका समर्थकहरुले विरोध जनाएको र पछि निर्वाचन समितिमा उजुरी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.