हुलाकी न्यूज, जनकपुरधाम । स्वास्थ्य तथा जनसख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले सबै नागरिकलाई कोरोनाबिरुद्धको खोप लगाउन अनुरोध गर्नु भएको छ।

रौतहट जिल्लाको वृन्दापन नगरपालिका ५ को नवनिर्मित स्वास्थ्य चौकी भवन उद्वघाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सबै नागरिकहरुमा कोरोनाबिरुद्धको खोप लगाउन आग्रह गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारले सबै नागरिकहरुका लागि कोरोना खोपको गरिरहेका छ । सबै नागरिकले सरकारले तोके अनुसार कोरोना खोप लगाउन सबैलाई अनुरोध गर्दछु।’

उहाँका अनुसार पुष ७ गते सम्ममा ९७ लाख ३७ हजार ३ सय ३३ जना नागरिकले कोरोनाको फुलडोज खोप लगाई सकेका छन् ।

अर्को फरक प्रशंगमा बोल्दै राज्य मन्त्री खापुङले नेपालको कम्युनिष्ट आन्दोलनद्वारा प्राप्त उपलब्धिहरुको रक्षाको लागि नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) गठन गर्नु परेको बताउनु भयो।

स्वास्थ्य चौकी भवन उद्वघाटन समारोहमा पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले कुनै एक ब्यक्तिको सनकले गर्दा कम्पनी जस्तै भएको आरोप लगाउनु भएको छ।

उहाँले कम्युनिस्टहरुको विधि सिद्धान्त नै बिर्सिएर राजनिति गर्न नसकिने भएकोले नयाँ पार्टीको स्थापना गर्नु परेको बताउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.