हुलाकी न्यूज,जनकपुरधाम । जनकपुरधामा
श्रद्धाञ्जलीसभा आयोजित गरी ११ औँ स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली सम्पन गरेका छन् ।

सधैं निषठा र सिद्धान्तमा रही सामाजिक उत्थानका लागि मन ,वचन र कर्मले समर्पित अनुकरणीय आर्दश चरित्रका व्यक्ति विकास पुरुष सो स्व : मकेश्ववर प्रसाद सिंह को ११ औँ स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभा सम्पन गरेका छन् ।

एक सफल समाजसेवीका रूपमा चर्चित स्वर्गीय मकेश्वर सिंहले जनकपुरधामको स्वास्थ्य र शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिएका थिए भने जनकपुरका विभिन्न धरोहरहरू जस्तै अञ्चल अस्पताल, आँखा अस्पताल, रेडक्रस सोसाइटी, राराब क्याम्पस, अपाङ्ग संघ, सुस्त मनिस्थिति केन्द्र, सरस्वती, कन्या माविसहित दर्जनौ संस्थाहरूको संस्थापक भई जनकपुरधाम निर्माणमा योगदान दिएका थिए ।

सिंहको जन्म १९८३ मा भएको थियो । २०३७ सालको जनमत संग्रहपछि वनमन्त्री बनेका सिंह २०२६ सालमा जानकी मन्दिर प्राङ्गनमा राजा महेन्द्रको प्रतिमा तोडफोड घटनामा जेलसमेत जानु परेको थियो । उहाँको २०६७ साल पुष ६ गते निधन भएको थियो ।

कार्यक्रममा समाजसेवी अमर चन्द्र अनिल,ऊधोग वाणिज्य संघको पूर्व अध्यक्ष प्रकेश चन्द् ,पूर्व मेयर बजरंग प्र. साह, माननीय संसद रामअशिष यादव,काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंह र विभिन्न वर्गका युवाहरु, पत्रकारहरु सहभागी भएका थिए ।

कार्यक्रममा प्रतिष्ठानले जनकपुधामस्थित काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहलाई ५१ सय राशीसहित मकेश्वर बाबु सामाजिक प्रतिष्ठान पुरस्कारबाट सम्मान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.