हुलाकी न्यूज, जनकपुरधाम । प्रदेश नं. २ का अर्थ मन्त्री शैलेन्द्र साहले बैदेशिक रोजगारी नेपालीहरु गएर काम गर्नुभन्दा स्वदेशमा रोजगारीको अवसर सृजना हुनुपर्ने बताउनु भएको ।

१८ डिसेम्बर अन्तराष्ट्रिय आप्रवासन दिवसको अवसरमा हिजो जनकपुरधाममा एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।आप्रवासी कामदार हकहित संरक्षण केन्द्र धनुषाकाअध्यक्ष दुखरन यादवको अध्यक्षतामा सुरक्षित आप्रवासन (सामी) परियोजना अन्तरगत भएको उक्त कार्यक्रममा बोल्दै उहाँले स्वदेशमा नै रोजगारीको अवसर पाउनु पर्ने नागरिकको अधिकार भए पनि अहिले बैदेशिक रोजगारीबाट आएको रेमिटान्सनै देश संचालन हुने अवस्था रहेको बताउनु भयो ।

मन्त्री शैलेन्द्र साहले लाखों युवाहरु वाध्य भएर रोजगारी तथा जिवोपार्जनको लागी विदेशीने क्रम रोकन आफनै मुलुकमा रोजगारी सिर्जना गर्नु पर्ने बताउनु भयो ।रेमिटेन्स र आयात होइन स्वदेशी उत्पादन र निर्यातमा जोड दिने निती प्रदेश सरकाले लिएको मन्त्री साहले बताउनु भयो ।नेपालको अर्थतन्त्रमा रेमिटेन्स अक्सिजनको कार्य गरिरहेको छ।

यो वर्ष प्रदेश सरकाले यूवा स्वरोजगार को माध्यम ले युवाहरुलाई सिप र रोजगारको सिर्जना गर्ने कुरा बताउनु भएको छ।उक्त कार्यक्रममा बोल्दै सामी परियोजनाका कार्यक्रम अधिकृत देवनारायण मंडलले बैदेशिक रोजगारीलाईथप व्यवस्थित बनाउन राज्य पक्षले समेत ध्यान दिनु पर्ने बताउनु भयो ।बैदेशिक रोजगारीमा जाँदा सबैकुरा राम्ररी बुझेर आधिकारिक व्यक्तिको समन्वयमा मात्र जाँदा बैदेशिक रोजगारी फलदायी हुने नभए पछि समस्या हुन सक्ने बताउनु भयो ।सो कार्यक्रममा सामी परियोजना प्रदेश नं. २ का संयोजक विजय ठाकुर,आप्रवासीहकहित संजाल प्रदेश २ का उपाध्यक्ष जगदिस महरा,संस्थापक अध्यक्ष अमोद यादव लगायतकाले मन्तव्य राख्नु भएको बसन्त कर्णले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.