हुलाकी न्यूज, जनकपुरधाम । पर्सामा बिहेको प्रलोभन देखाई १६ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको जम्मु कश्मीर चठ्ठा भोर क्याम्पस वडा नं. २ तसिल गाडीगाडका २९ वर्षीय सतवन्त सिंह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सिंहले बालिकालाई अनुचित प्रभाव र दबाबमा पारी ललाईफकाई विवाह गर्ने प्रलोभन देखाई गत शुक्रबार राति वीरगञ्ज–११ श्रीपुरस्थित आफ्नो कोठामा बोलाएका थिए। सिंहले कोठामै बालिकालाई सोही राति पटकपटक जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले पीडित बालिकाका अभिभावकले दिएको जाहेरीको आधारमा सिंहलाई वीरगञ्ज महानगरपालिका–११ श्रीपुरबाट पक्राउ गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.