जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाबाट विकासको निम्ति बिनियोजन गरिएको रकम स्थानीय सरकारकै सहयोगमा अनियमितता भएको पाइएको छ । सडक ढलान गर्नको निम्ति माटाे मुनि इट्टा, गिटी, बालुवालगायत सिमेन्टको प्रयोग हुने गरे पनि इट्टा माथि नै ढलान गर्न लागिएको छ । सबैला नगरपालिका वडा नम्बर ७ मट्टहिमा भइरहेको सडक ढलानमा वडा अध्यक्षकै संलग्नतामा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । सडक ढलान ६ इन्च हुनुपर्नेमा ३ इन्च मात्रै ढलान गरिरहेको स्थानीयले बताए ।
वडाअध्यक्षले मट्टहि टोलमा भइरहेको सडक ढलानमा आफ्नै ठेकेदार आफै ठेक्का लगाउने अध्यक्ष बनाई रकम हिनामिना गर्नको निम्ति ६ इन्चको ठाउमा मात्र ३ इन्च ढलान गरिरहेको स्थानीयले आरोप लगाएका छन् । वडा अध्यक्ष रामदेव सहनी नगरपालिकाबाट आएको बजेटलाई दुरुयोग गर्दै आफ्नो मनोमानी तरिकाले सडक ढलान गराइरहेको उनीहरूको भनाइ छ । स्थानीयहरूले विकासको नाममा आएको बजेटले राम्ररी विकास निर्माणको कार्य हुन नसकेको बताए ।

धनुषाको सबैला नगरपालिकामा निर्माणाधीन सडक ढलान मापदण्ड विपरीत दुईनम्बर इँटाको प्रयोग भइरहेको पाइएको छ । वडा कार्यालयदेखि झण्डै तिनसय मिटर पश्चिममा १२५ मिटरकाे सडक लाखौं रुपैयाँ लागतमा निर्माण भइरहेको सडक ढलानमा दुई नम्बर इँटा प्रयोग भइरहेको हो ।
नगरपालिकाकाे बजेटबाट निर्माण भइरहेको सो भवनको टेन्डर नगरपालिका कार्यालयले निर्माण कम्पनीलाई दिएको छ । सो कम्पनीले मापण्डभन्दा बाहिर गएर कमसल निर्माण सामग्री प्रयोग गर्दै सडक ढलानमा लागेको प्रत्यक्ष नै देख्न सकिन्छ ।
निर्माण स्थलमा दुई नम्बर इँटा खसालिएको छ । सोहि इँट्टाबाट सडक ढलान काम भइरहेको छ ।
१२५ मिटरमा सडक ढलान जगमै दुई नम्बर इँटा प्रयोग भइरहँदा जनप्रतिनिधि मुकदर्शक बनेका छन् । जनप्रतिनिधिकै मिलेमतोमा सो सडकमा दुई नम्बर इँटा प्रयोग भइरहेको स्थानीयको आरोप छ ।
‘कार्यालय छेउमै यस्तो सडक गुणस्तरहीन काम भइरहदा जनप्रतिधिलाई थाहा नहुने कुरै छैन । सबैले प्रत्यक्ष देखिरहेका छन्’ स्थानीयले भने ‘तर, भित्र मोटो कमिसनको खेल भएको छ । यस्तो सेटिंग मिलाउन र घुस खान उनी माहिर छन्’
वडा अध्यक्षकै संलग्नतामा नै दुई नम्बरी काम भइरहेको आरोप लगाए । यता नगरपालिका इन्जिनियर संग कुराकानी गर्दा मापदण्डअनुसार काम नभएको चेकजाँच ठहर भएपछि कानुनी कार्वाही हुनेछ बताएका छन ।
सडक ढलान स्थलमै पुगेका स्थानीय साहले सडक निर्माणमा कुनै पनि काममा दुई नम्बर इँटा प्रयोग हुनु गलत भएको तर्क गरे ।



