हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम ग्लोबल चेञ्ज मेकर नामक संस्थाले मौखिक स्वास्थ्य सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।


संस्थाका प्रोजेक्ट लिडर ऋशब दासको नेतृत्वमा जनकपुरधाम स्थित श्री संकट मोचन देवसरण रामरती माद्यामिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा १५० विद्यार्थीहरुलाई मुख तथा दाँतको स्वास्थ्य बारेमा डा. राकेश चौधरी र डा. अंशु रंजन साह र सिडिएस – पुजा ठाकुरले प्रशिक्षण दिनुका साथै विद्यार्थीहरुको मुख तथा दाँत परीक्षणसमेत गरेका थिए ।
विद्यार्थीहरुर्ला मुख तथा दाँतको स्वास्थ्य बारे सचेत बनाउने अभिप्रायले कार्यक्रमको आयोजना गरिएको प्रोजेक्ट लिडर दासले बताए । कार्यक्रममा अदिति साह, लियो वसन्त साह,अमित साह, विशवेसर दस, आकांक्षा झा लगायतले सहजिकरण गरेका थिए ।
यसअघि सप्तरी,वीरगञ्ज लगायतका ठाउँमा पनि सम्पन्न भइसकेको अभियान आगामी दिनमा अरु विभिन्न जिल्लाहरुमा पनि निरन्तरता दिने संस्थाका प्रोजेक्ट लिडर दासको भनाई छ ।















