हुलाकी न्यूज, जनकपुरधाम । सर्लाहीमा पानीमा फालिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कौडेना गाउँपालिका लक्ष्मीपुर निबासी राम ईश्वर राउतका ३० वर्षीय छोरा शत्रुधन राउतको शव फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडकको छेउमा रहेको नहरको खाल्टोमा घोप्टो परेर आधा पानीमा डुबेको अवस्थामा मृत फेला परेको छ।

मृतकका बुवा रामईश्वर राउतका अनुसार छोरा घरको छानो बनाउने(घरामी)काम गर्ने मजदुर रहेको र शव फेला परेको एकदिन अगाडी बिहिवार बिहान ७ बजे छोरा काम गर्न गएको थियो ।काम गर्न गएको छोरा अबेर रातीसम्म घर नआए पछि चारै तिर पत्ता लगाउँदा पनि पत्ता नलागेको र हराएको भोली पल्ट शुक्रवार बिहान पनि पत्ता लगाउँदा फेला नपरेपछि बेलुका त घर आउँछ होला भनि दैनिक काममा लागेर दिउँसो खेतमा काम गर्दै गर्दा गाउँका केही ब्यक्तिहरुले फुलपरासी र गोडैताको बीचमा पर्ने हुलाकी सडक छेउको नहरको पानीमा एक पुरुषको शव फेला परेको छ भन्ने जानकारी पाए पछि हेर्न जाँदा उक्त शव आफ्नै छोराको रहेको थाहा पाएको रामईश्वरले बताएका छन्।

यस घटनाको विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.