हुलाकी न्यूज,जनकपुरधाम । महिनौंदेखि रेल थन्किएको र भौतिक पूर्वाधार लगायतका काम सम्पन्न भइसक्दा पनि सञ्चालनमा नआएको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

नेपाल–भारत सम्बन्धलाई अझै प्रगाढ बनाउन तथा भारतीय धार्मिक पर्यटन भित्र्याउन रेल सेवाको मूख्य भूमिका हुने भन्दै उनीहरुले रेल सेवा शीघ्र सञ्चालनको माग गरेका छन् ।रेल्वे सञ्चालनका लागि जनकनन्दनी गाउँपालिकास्थित खजुरीमा आन्दोलन गरिएको हो ।

स्थानीय मनोजकुमार साहको अगुवाईमा रेल सञ्चालनको मागसहित आन्दोलन भएको हो । साहले सीताराम विवाहपञ्चमी अघि नै रेल्वे सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.