हुलाकी न्यूज,जनकपुरधाम । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले मधेश आन्दोलनका शहीद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साह तथा जनयुद्धका शहीदको परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई प्रतिष्ठानको सदस्यमा नियुक्त गरेको हो । सदस्यमा नियुक्त चारै जनालाई मन्त्रालयमा बिहीबार आयोजित एक समारोहबीच मन्त्री भरतप्रसाद साहले नवनियुक्त सदस्यहरुलाई नियुक्ति–पत्र प्रदान गरेका थिए । प्रतिष्ठानको अध्यक्ष मन्त्री स्वयम् रहने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयसहित ६ ओटा मन्त्रालयका सचिव प्रतिष्ठानको सदस्य रहने व्यवस्था छ । मन्त्री यादवले शहीद परिवारलाई परिचयपत्र वितरण गर्ने, घाइतेहरुको उपचार तथा भरण पोषण, शहीद परिवारका विद्यार्थीलाई छात्रवृति वितरण लगायतका थुप्रै काम गर्नु पर्ने उल्लेख गरे । उनले शहीद परिवारलाई परिवर्तनको अनुभूति गराउने गरी काम थाल्न सदस्यहरुलाई सुझाव दिए । मन्त्री यादवले भने, ‘तपाईहरु जे निर्णय गर्नुहुन्छ । त्यो निर्णय लागु हुन्छ । यो मेरो प्रतिवद्धता हो । तपाईहरुको निर्णयबाट एक इन्च पनि पछि हट्दिन।’ प्रतिष्ठानसँग सम्बन्धित बजेट धेरै कम रहेको र त्यो बजेट खर्च गरेपछि तत्कालै थप बजेट पठाउने अर्थमन्त्रीबाट आश्वासन पाएको उनले जानकारी गराए । प्रदेश सरकार गठन भएलगत्तै बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले शहीद परिवारलाई रोजगार र घाइतेहरुको उपचार गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार मधेश आन्दोलनका केही शहीद परिवारका सदस्यलाई प्रदेश सरकारले रोजगारी दिएको छ ।

तर रोजगार पाएकाहरु पनि नियुक्ति नवीकरण नभएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । प्रतिष्ठानको गठनले शहीद परिवार र घाइते तथा अपाङहरुको समस्या समाधान हुने प्रतिष्ठानको सदस्यमा नवनियुक्त रामनरेश रायले विश्वास व्यक्त गरे । उनले प्रतिष्ठान गठनका लागि पटक–पटक दवाव दिँदा पनि चार वर्ष बितेपछि बल्ल गठन गर्नु सरकारको कमजोर पक्ष रहेको गुनासो समेत पोखे । उनले प्रतिष्ठानमा राम्रो कर्मचारी पाए प्रदेश सरकारले चार वर्षमा गर्न नसकेको काम चार महिनामा गरेर देखाउने दाबी गरे । कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मधेसका सबै शहीदलाई समेटेर जनकपुरमा पार्क बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘ जहां–जहांका शहीद छन्, सबै ठाउंमा पार्क त बन्नै पर्छ । तर सबै शहीदको सम्मानका लागि एउटा विशाल मधेश शहीद पार्क जनकपुरधाममा पनि बन्नुपर्छ ।’ उनले जनकपुरमा शहीद पार्क निर्माणका लागि आवश्यक पहल गरिरहेको जानकारी पनि दिए । उनले गठित प्रतिष्ठानले गर्ने निर्णय प्रदेश सरकारले कार्यान्वयनमा ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे । यसअघि प्रदेश सरकारले मधेश आन्दोलनका शहीदलाई मात्र सेवा सुविधा दिनेगरी निर्देशिका बनाएको थियो । तर सरकारमा नेकपा माओवादी केन्द्रको तर्फबाट भरत साह आर्थिक मामिला तथा सञ्चार मन्त्री बनेपछि उनले निर्देशिका संशोधन गरेर माओवादी द्वन्दकालका शहीदलाई समेत समावेश गराइएको छ ।

अब प्रतिष्ठानबाट उपलब्ध हुने सेवा र सहयोग माओवादी द्वन्दकालका शहीद परिवार र घाईते तथा अपाङहरुले पनि पाउने भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.