हुलाकी न्यूज, जनकपुरधाम । भानुचौक स्थित रहेको पार्टीको सचिवालय मंसीर १० गते शुक्रवार लुम्बिनीकालागी सफल यात्राको कामना गर्दै पार्टी आवद्ध नेता, कार्यकर्ताहरुले आज (बुधवार) विदाइ गरिएको छ ।

संगठन बिस्तार सहित पार्टीका अध्यक्ष राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न स्थानिय तहबाट माटो सङ्कलन गर्नुका साथै नेता, कार्यकर्ता र समर्थकसहितको भेटघाट गर्ने कार्यक्रम रहेको पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले जानकारी दिएका हुन् ।

जनमत माटी यात्रा पश्चात संकलन गरिएको माटोबाट मधेश एकता स्तम्भ पार्क निर्माण गर्ने भएको छ।

पार्टीको कार्यकारिणी समितिको बैठकबाट गरिएको निर्णय अनुसार शुक्रवार लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रम तय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.