हुलाकी न्यूज, जनकपुरधाम । मंगलबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपाालिकाभित्र देखिएको द्वन्दको समाधान छलफल गरेर आपसमा समझदारी गरी समाधान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले न्यायपालिकाको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । न्यायपालिकाको समस्यालाई छिटो भन्दा छिटो समाधान गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

उनले भने,‘यसका लागि सम्बन्धित पक्षहरुबाट चाँडै कुराकानी हुन्छ । हामीले पनि प्रधानमन्त्रीलाई यो बिषयमा पहल गर्न आग्रह गरिसकेका छौं । छिटो भन्दा छिटो टुङ्गो लगाउनु आवश्यक छ । वार्ता सम्वादभन्दा ठुलो अरु केहि हुन सक्दैन ।’

सरकारको सवालमा बोल्दै अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियूक्तिको काममा ढिलाई गरिरहेको बताए । उनले विभिन्न पार्टीहरुको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरेका हुन्।

अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरुलाई सरकारले छिटो भन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखे ।

अर्को प्रसङ्गमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.